“पार्टीभित्र दुई लाइन छ भन्नुहुन्छ साथीहरु, कहाँ छ अर्काे लाइन?-रामचन्द्र पौडेल

माेरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना नै कांग्रेसको लाइन भएको बताएका छन्। नेता पौडेलले गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार नरहेकाे उल्लेख गरे। उनले भने, ‘यो संविधानलाई भत्काउन खोजिँदैछ, हामी दिँदैनौ, संघर्ष गर्छाैं । प्रतिनिधिसभा पुनर्स्थापना गर भन्छौं।’

संसद पुनर्स्थापनामा अडिग रहँदै आएका पाैडैलले कांग्रेसभित्र दुई लाईन नरहेकाे उल्लेग गर्दै थपे, “पार्टीभित्र दुई लाइन छ भन्नुहुन्छ साथीहरु। कहाँ छ अर्काे लाइन? यहीँ लाइन हो कांग्रेसको। कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय हो यो,’ उनले भने, ‘यही लाइनमा सबै हिड्ने कि नहिड्ने? यो लाइनमा जो हिँड्दैन, त्यो जान्छ।’

अन्य सम्बन्धित समाचार:  जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कांग्रेस आफ्नो सिद्धान्तमा अडिग रहनुपर्ने भन्दै उनले अहिले पार्टी नेतृत्व परीक्षामा रहेको बताए। उनले भने, ‘सारा जनताले हेरिरहेका छन्, बुद्धिजिवीहरुले हेरिरहेका छन्, कांग्रेसले आफ्नो सिद्धान्तमा अडिन्छ कि अडिन्न ?’