प्रधानमन्त्री ओलीलाई झ्यालबाट निकाल्ने वर्षमान पुनको चेतावनी

प्रधानमन्त्री

रुपन्देही। नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले नेपालमा कानुनी रुपमा प्रधानमन्त्री नै भएको बताएका छन्।

उनले संसद विघटन गरेपछि केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य नरहेका र काम चलाउन सरकारको लागि राष्ट्रपतिले पत्र पनि नदिएको कारण ओली अवैधानिक प्रधानमन्त्री भएको बताए।

आज बुटवलमा आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको राजनिति प्रशिक्षण कार्यक्रमा बोल्दै उनले ओलीले राजिनामा पनि नदिएका र राष्ट्रपतिले काम चलाउ सरकारले पत्र पनि दिएको अवस्था पनि नरहेकोले कानुनी रुपमा ओली प्रधानमन्त्री नभएको बताएर

पुनले प्रधानमन्त्री ओलीको अवधि साढे तीन महिना मात्र रहेको जिकिर गर्दै भने, ‘५ वर्षको लागि पठाएको प्रधानमन्त्रीले तीन वर्षमा संविधान सभा विघटन गरेर तमास देखाएका छन्। अब उनको अवधि वैशाखसम्म मात्र हो। वैशाखपछि केपीलाई झ्यालबाट निकालिन्छ।’

अन्य सम्बन्धित समाचार:  सरकार-विप्लव वार्ता सम्भवतः आजै