एजेन्सी। बिग ब्याश लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स विजयी भएको छ। आइतबारकाे खेलमा हरिकन्सले सिड्नी सिक्सर्सलाई सात रनले पराजित गरेको हो।
यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे हाेबर्टले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियाे। हाेबर्टका लागि म्याथ्यु वेडले ८६ र डार्सी शर्टले ७२ रन बनाए।
बलिङतर्फ सिड्नीका सिन एबट, बेन ड्वार्श्विस र ज्याक बलले समान दुई–दुई विकेट लिए।