रुपन्देही। कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको र उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी पोखरेलले बताए।
गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुई दिदी बहिनी सँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार भएको र अर्को एक जनाको नग्न फोटो खिचिएकाे थियो।
उक्त घटनामा चार जना विरुद्ध जाहेरी परेको र तीमध्ये दुई जनालाई पक्राउ गरिएको एसपी पोखरेलले बताए। ‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घटना भएको भन्ने छ। ट्राफिक प्रहरीका जवान पनि संलग्न छन्’, उनले भने।