एट्लेटिको म्याड्रिडको ७ अंकका अग्रता

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा स्पष्ट ७ अंकको अग्रता लिएको छ ।

आइतबार राति भ्यालेन्सियामाथि ३–१ को सहज जित हात पार्दै एट्लेटिकोले दोस्रो स्थानको शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडविरुद्ध ७ अंकको स्पष्ट अग्रता लिएको हो । यद्दपि एट्ल्टिकोले अझै एक खेल कम खेलेको छ ।

एट्लेटिको म्याड्रिडको १८ खेलबाट ४७ अंक छ । १९ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ४० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै