काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन शुरु

काठमाडौँ । काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन शुरु भएको छ। नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए।

अन्य सम्बन्धित समाचार:  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ। टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो।