मेक्सिको–अमेरिकी सीमा नजिक १९ जना मृत भेटिए

माेटरसाइकल

एजेन्सी । अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ । पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।

घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ । अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको तर मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुने जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  डुंगा पल्टिँदा ८ जनाकोे मृत्यु