पूर्वलडाकुलाई सम्मान गर्ने सरकारको निर्णयप्रति ब्यङग्यः ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’!

काठमाडौं। पूर्व प्रधानमन्त्री था जनता समाजवादी पार्टीका संघिय परिषद्अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराइले सरकारको उक्त निर्णयलाइ ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ भन्दै ब्यङग्य गरेका हुन्।

उनले लेखेका छन्,

‘पोहोर मरिन् सासु ऐले आयो आॅसु’?मेरो पालामा जारीTRCर वेपत्ता सम्बन्धी आयोगको अध्यादेश,द्वन्दपीडितलाई रू५लाख नगद प्लस रू ५लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र,बहिर्गमित लडाकुलाई रू२लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको?ऐले गोहीको आॅसु चुहाउॅदै उधारो समिति गठन?TRCटार्ने मेसो?

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव