चीनमा सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

काठमाडौं। चीनले सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ । एक वर्षभित्रमा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको र यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी रहेको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्याएको पनि विभागले जनाएको छ । प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढेको देखिएको छ ।

डिसेम्बरमा मात्रै चीनले १३ दशमलव ७ अर्ब घन मिटरबाट १८ दशमलव ७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो ।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढी हो ।