काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन सोमबार दाङ जाने भएका छन्।तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् ।
पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । पुलको उद्घाटन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।
गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो ।
झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।
पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।