पीएम कपमा आज पनि दुई खेल

काठमाडौं। प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सोमवार पनि दुइृ खेल हुँदैछन्। बिहान ९ः३० बजे शुरु हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा पुलिस क्लब र प्रदेश २ प्रतिस्पर्धा गर्न लागेका हुन्।

विभागीय टिम आर्मी र एपीएफबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । दुबै टिम समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । समूह ए मा रहेका यी दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा पुलिसले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ । प्रदेश २ लाई हराएर सेमिफाइनल पुग्न चाहने पुलिसका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । यो खेलपछि पुलिस र लुम्बिनी मध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी