अक्सफोर्ड विश्वविद्यालय नयाँ कोरोनाविरुद्ध पनि खोप बनाउदै

काठमाडौं। पछिल्लो समय द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्ट्रेन विरुद्ध पनि खोप बनाउन शुरु भएको छ। बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु नयाँ कोरोनाभाइरस बिरुद्धको खोप निर्माण शुरु गरेका हुन्।

वैज्ञानिकका अनुसार अब बन्ने खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध पनि काम गर्नेछ। खोपको प्रभावमा अन्तर आउनासाथ प्रयोगशालामा सेल कस्चरमार्फत एक दिनभित्रै खोपलाई परिवर्तन गर्न सकिने उनीहरूको दाबी छ।

अक्सफोर्ड विश्वविद्यालयका खोप विकासका प्रमुख सूत्रधार वैज्ञानिक प्राध्यापक साराह गिलबर्टले नयाँ कोरोनाविरुद्धको नयाँ खोप आगामी फेब्रुअरी मध्यसम्म आउने जानकारी दिएकी छन्।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले पनि कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा २ जना प्रदर्शनकारीको मृत्यू