मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मनुओल लोपेज ओब्रेडोरलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतवार साँझ राष्ट्रपति एन्ड्रेसले यसबारे ट्वीटरमार्फत जानकारी दिएका हुन्।

आफूलाई हल्का लक्षण देखिएको तर यसअघि नै मेडिकल उपचर शुरु भइसकेको उनले बताएका छन्। कोरोना संक्रमण भए पनि राष्ट्रपति कार्यालयबाटै काम निरन्तर गर्ने उनले उल्लेख गरेका छन्।

जसमध्ये कोरोना भ्याक्सिनका लागि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग कुराकानी भएको बताइएको छ। सोमवार फोनमार्फत भ्याक्सिनका लागि पुटिनसँग कुराकानी हुने एन्ड्रेसले उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि