बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

काठमाडौं। बसको ठक्करबाट सिरहाको कर्जन्हा नगरपालिका–२ डाडाटोलमा एक बालकको मृत्य भएको छ।
पिभिएम इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बा २ ख २३ ९० नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्यनरत १० वर्षीय साजन परियारको मृत्यु भएको हो।

परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गोकर्ण माविमा प्रदेश सरकारको बस सेवा