गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता

काठमाडौं। भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ। ७२ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा सुरक्षा सतर्कता उच्च पारिएको हो।

विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ। भारतमा मंगलबार ७२ औं गणतन्त्र दिवस मनाइँदैछ।

सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ। भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो।

अन्य सम्बन्धित समाचार:  अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब