कमेडी शो ‘द कपिल शर्मा शो’ बन्द हुँदै

काठमाडौं। भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। निर्माण टिमले ‘द कपिल शर्मा शो’ चाँडै नै बन्द गर्न लागेको इन्टरटेनमेन्ट वेब पोर्टल टेलिचक्करले जनाएको छ। 

केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजन मार्फत् फिर्ता ल्याउने योजना बनाएका छन्।  नयाँ सिजनमा ‘द कपिल शर्मा शो’ एकदम नयाँ अन्दाजमा आउनेछ। द कपिल शर्मा शोको कास्टमा पनि भारी फेरबदल हुने संकेत निर्माण पक्षले गरेको छ। 

कमेडी शो द कपिल शर्मा शो एउटा सानो ब्रेकपछि पुनः टिभीमा फिर्ता हुनेछ। 

यो शो यसअघि पनि थुपै्र पटक बन्द भइ पुनः सुचारु हुँदै आएको छ। कपिल शर्मा र उनको टिमको कमेडी भारतलगायत नेपालमा पनि चर्चित छ। पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन्। थुप्रै पटक बन्द भएपछि पनि द कपिल शर्मा शोको चर्चा कम भएको छैन।