कोरोना संक्रमितको संख्या नघटेपछि बेलायतमा लकडाउन थपियो

काठमाडौं। बेलायतमा कोरोनाभाइरस संक्रमण फैलिने दर नघटेपछि१७ जुलाईसम्म लकडाउन घोषणा गरेको छ। तर पछिल्लो पाँच दिनयता भने ब्रिटेनलाई कोरोनबाट केही राहत भने मिलेको छ।

१९ जनवरीयता बेलायतमा हरेक दिन १ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गुमाइरहेका थिए। आइतबार भने यो संख्या ६ सय १० मा झरेको थियो। बेलायतमा हरेक दिन ३० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको छ। साथै बेलायतले कोरोना संक्रमण धेरै भएको देशबाट आउने यात्रुहरूलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्न भनिसकेको छ।

आइतबार मात्रै देशभर ३० हजारभन्दा बढी कोरोना नयाँ संक्रमित फेला परेका थिए । यहाँ दक्षिण अफ्रिका भेरियन्ट कोरोनाका ७७ र ब्राजिल भेरियन्टका ९ संक्रमित पाइएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते

यसअघि गरिएको लकडाउनले संक्रमणदर घटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै फेरि पनि लकडाउन गर्नुपर्ने अवस्था आएको बेलायतले जनाएको छ।