सुनको मूल्यमा गिरावट, चाँदी यथावत्

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आइतबार पनि घटबढ भएको थिएन।

सुनचाँदीको मूल्य पछिल्लो तीन साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर