काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयोः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने बताएका छन्। सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका हुन्।

आन्दोलनले थप छिनोफानो गर्ने भन्दै उनले त्यो निर्णायक संघर्ष हुने बताए। “हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ,” उनले भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ। त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु। काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो। त्यसले छिनोफानो गर्नेछ।”

केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन। ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे।”

अन्य सम्बन्धित समाचार:  खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली