काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै केन्द्रिय संघर्ष समितिका सयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसिभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदम खारेज नहुँदासम्म संघर्ष जारी रहने जनाउँदै घोषित संकल्प एवं प्रतिबद्धता अनुसार संघर्षका कार्यक्रमहरु घोषणा गरेको जनाएका छन्।
कार्यक्रम अन्तरगत माघ १३ गते सिठ्ठी जुलुस, १४ देखि २१ ग्तेसम्म निरन्तर माइतीघर मण्डलामा धर्ना, १५,१६ र१७ गते क्रमशः बुटवल, विराटनगर र धनगढी मा विरोधसभा, प्रदेशका राजधानीहरुमा कार्यक्रमहरु, समाजका बिभिन्न तहरतप्कासंग अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम घोेषणा गरिएको छ। यस्तै २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशब्यापी जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरिएको हो।