गाडीको ठक्करबाट एक जनाको मृत्यु

 बारा । बारामा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृतक पुरुषको परिचय खुल्न सकेको छैन। उनको उमेर अन्दाजी ५० वर्ष सम्म छ। 

 जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार उनी मागेर हिँड्ने मानिस हुन। पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको जनाइएको छ।

प्रहरीका अनुसार ठक्कर दिने गाडीको खोजी भइरहेको छ।

 

अन्य सम्बन्धित समाचार:  परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने