जनताले ओलीमाथि कलंकको टीका लगाइसके: प्रचण्ड 

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताले कलंकको टीका लगाइसकेको बताएका छन्। 

सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले ओलीमाथि जनताले कलंकको टीका लगाइसकेको जनाएका हुन। साथै उनले आफूहरूको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए। उनले भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्याली भन्दा फरक हुने छैन।’

पञ्चहरूले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको भन्दै प्रचण्डले ओलीमाथि आरोप लगाए। उनले भने ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके।’

अन्य सम्बन्धित समाचार:  दलहरुबीच समझदारी हुन्छ: सभामुख