निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछः माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष बनाउन अस्वीकार गरेको विषयमा प्रतिक्रिया दिएका छन्।

दुई नम्बर प्रदेशको अगुवा भेलालाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, “निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन। प्रचण्ड हुँदै हुनुहुन्छ।”

उनले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिए। “केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए। ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन्। ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,” उनले भने।

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस