लागूऔषधसहित पक्राउ परेका व्यक्ति भागे

सामूहिक

काठमाडौं। नागढुङ्गाबाट लागूऔषधसहित पक्राउ परेका एक जना भागेका छन्। नागढुङ्गाबाट लागूऔषधसहित पक्राउ परेका व्यक्ति सर्लाही धनकौलका मोहम्द इल्ताज प्रहरी नियन्त्रणबाटै भागेका छन्। प्रहरीका अनुसार उनीलाई आइतबार प्रहरीले टेकुस्थित काठमाडौं प्रहरी परिसरमा ल्याउँदै गरेको अवस्थामा पाटन क्षेत्रबाट भागेका हुन।

इल्ताजबाट प्रहरीले नाइट्राभेट ट्याबलेट, डिजेपाप, फेनरागन, नुर्फिनलगायतका लागूऔषध बरामद गरेको प्रहरी स्रोतले जनाएको छ।उनलाई महोत्तरीबाट काठमाडौं आउँदै गरेको बसबाट पक्राउ गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक पक्राउ