कोरोनाले समेत विकासको लहरलाइ रोक्न सकेनः प्रधानमन्त्री ओली

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको कहरले समेत विकास निर्माणको काममा कुनै प्रभाव नपरेकाे बताएका छन्

दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उद्घाटनका लागि त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले अहिले देशमा विकासको लहर चलिरहेको उल्लेख गरे।

प्रधानमन्त्री ओली पुल उद्धाटन गर्नका लागि नै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार दाङ पुगेका थिए। कार्यक्रममा बोल्दै उनले देशमा समयमै काम सम्पन नगर्ने त्यसको लागत समेत बढ्ने बताउँदै समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाइ धन्यवाद दिए।

नेपालकै दोश्रो लामो उक्त पुल ९७ करोड ६९ लाख लागतमा करिब २ बर्षको अवधीमा निर्माण कार्य सम्पन्न भएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस