डोटीमा २ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

डोटी। डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

पूर्वी चौकी गाउँपालिका–१ मल्लो फुलोटबाट २ नाल भरुवा बन्दुक सहित त्यहीँ ठाउँ बस्ने २३ वर्षीय गोविन्द खड्का समेत ४ जनालाई शुक्रवार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई उक्त बन्दुक सहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो। प्रहरीका अनुसार यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  ललितपुर सहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदै, तालिकासहित