बालुवाटार घेराउ गर्न पुगेका नागरिक समाजमाथि प्रहरी धरपकड

काठमाडौं। प्रहरीले बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि धरपकड गरेको छ। संसद विघटनको विरोधमा नागरिक

समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो। अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रेस काउन्सिलमा चार सदस्य नियुक्त