२४ घण्टामा लागुऔषध सहित पाँचजना पक्राउ

पाैने

विराटनगर। २४ घण्टामा लागुऔषधसहित पाँचजना पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले बितेको २४ घण्टामा पाँच जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।

झापाको बिर्तामोडबाट ३, अर्जुनधारा नगरपालिकाबाट १ र १ जना विराटनगरबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

बिर्तामोड नगरपालिकास्थित भद्रपुर रोडबाट खैरो हिरोइनसहित ३ जना पक्राउ परेका प्रवक्ता रेग्मीले बताए। उनका अनुसार झापा गाँउपालिका शरर्णामतिका ३० वर्षीय मिलन राजवंशीको साथबाट १२ ग्राम खैरो हिरोइन, झापाकै बुट्टाबारीबाट बिर्तामोडका २३ वर्षीय रूपेश गुरुङ, २० वर्षीय सुनिल राईको सातबाट ७ ग्राम ६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो।

त्यसैगरी, अर्जुनधारा नगरपालिकाबाट १ सय २० ग्राम गाँजासहित बुद्धशान्ति गाउँपालिकाका ५३ वर्षीय पुरुष लक्ष्मीप्रसाद खतिवडासमेत पक्राउ परेको प्रवक्ता रेग्मीले जनाए। अर्कोतर्फ यता आइतबार नै लागुऔषधसहित भारत नेपालको सीमा क्षेत्र विराटनगर १५ बाट एक भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

भारतको अररिया जोगबनीका १७ वर्षीय कालीकुमार शर्मालाई निट्राभेट ७५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ४० ट्याब्लेट र डाइलेक्स ५ बोतलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  महिला, किशोरीलाई आत्मसुरक्षा तालीम