‘घुमौ‌ं पूर्व प्रदेश नम्बर १’ अभियान सुरु

काठमाडौं। प्रदेश नम्बर १ मा ‘घुमौं पूर्व प्रदेश नम्बर १’ अभियान सुरु भएको छ। घुमौं पूर्व प्रदेश नम्बर १ नारासहित १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डसहितको १३ सदस्यीय टोलीले जनकपुरबाट आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन सुरु गरेका हुन्।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् (नाटा) १ नम्बर प्रदेश तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन,पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीबीच छलफल गर्ने छ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचलित व्यवसायीबीचको व्यवसाय प्रवद्र्धन गरिने छलफल ‘बिटुबी’लाई नेपाली मोडेलमा प्रदेश तहमा व्यापक बनाउने उद्देश्यले अभियान थालिएको बताए।
आन्तरिक पर्यटक वृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन र प्रचार प्रसारकालागि के(कस्ता उपाय अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीबीच छलफल गरिनेछन्। यस अभियानअन्तर्गत व्यवसायीबीच सहकार्य गराई आन्तरिक पर्यटन प्रवद्र्धनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ।