स्कुटर र नगद लुटपाट गरेको अभियोगमा ट्याक्सी चालक पक्राउ

सामूहिक

काठमाडौं। स्कुटर र नगद लुटपाट गरेको अभियोगमा ट्याक्सीका चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने २५ वर्षीय साजन तामाङको बा६०प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका–७ खानिखोलाका २३ वर्षीय सूर्य बलोन आइतबार बिहान पक्राउ गरेको हो।

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित सडकमा बा२ज २०५० नम्बरको ट्याक्सीमा सवार अपरिचित ३–४ जना व्यक्तिहरुले साजनको स्कुटर र औंठी लुटी लगेको हो। उक्त ट्याक्सीका चालक सूर्य बलोनलाई खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ।

 

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन