काठमाडौं। पीएम कपमा प्रदेश-२ ले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनायो।ढिला सुरु भएका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३, हिमान्सु दत्तले १६, आदील अन्सारीले १५, कप्तान सुरज कुर्मीले १३ तथा रबि सिंह र विशाल सुस्लिङले १२-१२ रन बनाए।
बलिङतर्फ पुलिसका ललित राजवंशीले ४, सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए।
१७० रनको विजय लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल पुलिस क्लबले १९ ओभर खेल्दै २ विकेट गुमाउँदै ८१ रन बनाएर खेलिरहेको छ।