पीएम कप: एपीएफद्वारा आर्मी क्लबलाई २४१ रनको लक्ष्य

पीएम कफ

काठमाडौं। पीएम कप अन्तर्गतको आजको अर्को खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ४१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनायो। एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, कप्तान शरद भेषवाकरले २४, वसन्त रेग्मीले २० तथा अमर सिंह रौटेलाले २६ रन बनाए।

बलिङतर्फ आर्मीका हरि चौहानले ५, साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १-१ विकेट लिए।

सम्बन्धित समाचार

पीएम कप: प्रदेश २ ले पुलिस क्लबलाई दियो १७० रनको लक्ष्य

समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यस खेलले समूह विजेता र उपविजेता तय गर्नेछ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः मध्यपुर युथ विजयी

२४१ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको आर्मीले यतिबेला २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ७७ रन बनाएको छ।