वैशाखको निर्वाचन सर्न सक्छ : बादल

काठमाडौं। नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्वाचनको मिति सर्न सक्ने जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपा कालिकोटले आयोजना गरेको आमसभामा सहभागी हुन कालिकोट आएका गृहमन्त्री बादलले प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन बैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्ने हुदा वैशाखको निर्वाचन सर्न सक्ने बताएका हुन्। 

गृहमन्त्री बादलले भने,’ निर्वाचनको फैसला अदालतले निर्धारण गर्छ। अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको छ।’ उनका अनुसार अदालतमा अहिले भइरहेको बहसले फैसला ढिलो हुने सम्भावना पनि रहेको हो भने निर्वाचनको दिशामा मुलुक होमिसकेको छ।

सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताउँदै गृहमन्त्री थापाले भने, ‘निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय तयारीमा जुट्छ।’

अन्य सम्बन्धित समाचार:  रूपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरेः प्रधानमन्त्री ओली