वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्नः के म तमासे हो, श्रीमान?

काठमाडौं। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा सोमबारको बहस सकिन लागेका वेला आफूलाई तमासे भनिएको भन्दै भण्डारीले प्रश्न उठाएका हुन्। भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान्?’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजित एक कार्यक्रममा भण्डारीलाई लक्षित गर्दै अदालतमा एक जना बाजे वकिललाई तमासा देखाउन लगिएको आरोप लगाएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड संसदीय दलको नेता चुनिएकोबारे संसद् सचिवालयलाई जानकारी