राष्ट्रिय परीक्षा बोर्ड: यसै साता कक्षा १२ को नतिजा सार्वजनिक गर्छाै

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यसै साता कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ। बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको उल्लेख गरे।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो। वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो । नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए।

परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

अन्य सम्बन्धित समाचार:  हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु