काठमाडौं। कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ। ललितपुर गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठको चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो।
मन्त्रालयले शोक वक्तव्यमार्फत श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेको छ।