५० लाख लोकप्रिय भोट ल्याउँछौं: शंकर पोखरेल

काठमाडौं। नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने जानकारी दिएका छन्।

दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमवार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चुनावमा नेकपाले ५० लाख लोकप्रिय मतसहित बहुमत ल्याउने दाबी गरेका छन्।  

साथै पोखरेलले पार्टी भित्रकै एउटा समूहले सहयोग नगरेपछि जनतामा जानुको विकल्प नभएको जनाए। पोखरेलले भने, ‘जसको अनुहार देखाएर चुनाव जित्यो पछि उसैलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने हिम्मत प्रधानमन्त्रीले गर्नुभयो,’ ‘संसदीय व्यवस्था जनतामा जाने कुरा प्रधानमन्त्रीको अविशिष्ट अधिकार भनिन्छ, कार्यकारी अधिकारको प्रयोग गर्न सक्छ।’ 

अन्य सम्बन्धित समाचार:  जसपाले बोलायो संसदीय दलको बैठक