सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्याे

काठमाडाैं। सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। सोमबार नेप्से १६.०४ अंकले बढ्दा २४४०.८७ अंकमा बन्द भएको छ। लगानीकर्ताले नाफा बुक गर्न खोज्दा केही समय बिक्री चाप ज्यादा रहेपनि बैंकिङ र अन्य समूह लगानीकर्ताको रोजाइमा परेसँगै नेप्से दोहोरो अंकले बढेको हाे।  साेमबार नौ अर्बको कारोबार भएको छ।

एकपछि अर्को नयाँ उचाइ कायम गर्दै अगाडि बढेको बजार परिसूचक नेप्सेले आज पुन: अर्को नयाँ उचाइ कायम गर्न सफल भएकाे हाे। सोमबार २४४७.०२ अंकमा खुलेका नेप्से इन्ट्रा-डे कारोबारमा २४५७.७५ अंको उच्च विन्दु र २४०८.८८ अंकको तल्लो विन्दु कायम गरेको थियो। इन्ट्रा-डे कारोबारमा आइतबार २४२९.६९ अंकसमम पुगेको नेप्सेले आज पुन: नयाँ उाइ कायम गरेको हो।

अन्य सम्बन्धित समाचार:  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु