पीएम कप: पुलिस क्लब सेमिफाइनलमा

पुलिस क्लब

काठमाडौं। पीएम कपमा नेपाल पुलिस क्लब प्रदेश-२ लाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

प्रदेश २ ले दिएको १७० रनको लक्ष्य नेपाल पुलिस क्लबले ३८ ओभरमा ६ विकेट गुमाउँद पूरा गरेको हो। पुलिसको जितका लागि अनिल साहले अविजित ४७ तथा कुशल भुर्तेलले ४३, अमित श्रेष्ठले १७, सुनिल धमलाले १३ तथा मञ्जित श्रेष्ठले अविजित १२ रनको याेगदान गरे। बलिङतर्फ प्रदेश २ का कुमार थापा र विवेक यादवले समान ३-३ विकेट लिए।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। ढिला सुरु भएका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३, हिमान्सु दत्तले १६, आदील अन्सारीले १५, कप्तान सुरज कुर्मीले १३ तथा रबि सिंह र विशाल सुस्लिङले १२-१२ रन बनाए।

अन्य सम्बन्धित समाचार:  म्यान्चेस्टर डर्बीमा युनाइटेडको जीत

बलिङतर्फ पुलिसका ललित राजवंशीले ४, सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए।