नेपालमा विकासको लहरलाई काेराेनाले पनि राेक्न सकेन्: प्रधानमन्त्री ओली

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको लहर चलेको बताएका छन्। पुल उद्घाटनका लागि दाङ पुगेका उनले विकासको लहरलाई काेराेनाले पनि रोक्न नसकेको भनाई व्यक्त गरे।  उनले भने, ‘देशमा विकासको लहर चलेको छ। कोभिड-१९ ले पनि हामीलाई विकास निर्माणका काममा लगातार अगाडि बढ्नबाट रोक्न सकेन। केही-केही प्रतिकुलताहरु थप्यो। तर पनि हामीले ती प्रतिकुलताहरुलाई चिरेर फेरि अनुकुलतामा बदल्दै अगाडि बढ्यौं।’

प्रधानमन्त्री ओलीले सोमबार दाङकाे सिसहनिया- गढवा जाेड्ने ८६५.४० मिटर लामाे पुलकाे उद्घाटन गरेका हुन्। याे नेपालकै दाेस्राे लामाे पुल हाे। विकास निर्माणको कामसँगै देश तीव्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै उनले देश अगाडि बढ्नबाट कसैले पनि रोक्न नसक्ने ठाेकुवा गरे।

अन्य सम्बन्धित समाचार:  भीम रावललाई ओलीको प्रश्न–‘तपाई कुन पार्टीको हो?’
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको शिलापत्र अनावरण गर्दै । तस्बिरः रञ्जिता शर्मा÷रासस

‘कोभिडको समयमा पनि काम हुन्छ भन्ने दृष्टान्त यस पुलको यही अवधिमा निर्माण हुनु पनि हो’, उनले भने, ‘देश अगाडि बढ्छ। देश अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन।’

प्रधानमन्त्री ओलीले विकसित राजनीतिक विषयमा पनि आफ्नो धारणा राखे। उनले संविधान, प्रणाली र व्यवस्थाको रक्षाका लागि आफू लागिरहेको दाबी गरे।

‘हामी संविधानको रक्षा गर्छौं। यस प्रणालीको रक्षा गर्छौं। व्यवस्थाको रक्षा गर्छौं। यस प्रक्रियालाई सुरक्षित ढंगले सफलतापूर्वक अगाडि बढाउँछौं। यो प्रक्रिया यो प्रणालीलाई अगाडि बढाउनुको उद्देश्य देशमा सुशासन र विकास ल्याउने हो। सुशासन र विकासलाई हामी प्रत्याभूत गर्दै हामी अगाडि बढाउनेछौं’, उनले भने।