काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाट अघि बढाएका हुन्। सोही अनुसार सोमबार बिहान खुमलटार पुगेर बेरीले प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको राजदूत बेरीले बताएका छन्।
यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका थिए।