पछिल्लो २४ घण्टामा देशभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा आज देशभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म देशभर २६,९६,७८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आज देशभर ४०१ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ३,२४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

देशभर १० जना कोरोना सङ्क्रमितको मृत्यु

त्यसैगरी आज देशभर १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म २,०११  जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि