घर पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा लगेर जबरजस्ती करणी

काठमाडौं ।  मोटरसाइकलमा घर पुर्याइदिन्छु भन्दै महिलामाथि जबरजस्ती करणी र लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ गुन्टे का कैलाश भन्ने रोहन नेपालीलाई  पक्राउ गरेको हो।

 नेपालीले ती महिलालाई गत असोज १५ गते बेलुका ७ बजेको समयमा सिन्धुपाल्चोकको चौतारा पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा लिएर घर नलगी सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ४ स्थित मान्जे भन्ने ठाउँमा लगि अन्य व्यक्तिहरूले जबरजस्ती करणी गरेको महाशाखाले जनाएको छ।

ती महिलामाथि उनका अन्य साथीहरूको संलग्नतामा उनीमाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ। महाशाखाका अनुसार उनीहरूले ती महिलासँग भएको गरगहना समेत लुटपाट गरेको हो। उनलाई पक्राउ गरी थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  यात्रु बोकेको ट्याम्पुमा एक्कासी आगलागी