टंगालमा आन्दोलनकारी र प्रहरीबीच झडप

नागरिक आन्दोलन

काठमाडौं। काठमाडौंको टंगालमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि बालुवाटार जानेक्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको हो।

आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ।

सो क्रममा पत्रकार नारायण वाग्लेले नारायण हिटीबाट राजा नागार्जुन जान हुने केपी ओली बालकोट जान नहुने भन्दै प्रश्न गरेका थिए।

त्यस्तै, मानव अधिकारवादी मोहन्ना अंसारीले प्रहरी आफूहरुको सुरक्षाको लागि नभई बालुवाटारको सुरक्षा गर्न आएको बताइन्।

प्रदर्शनमा नागरिक अगुवा, लेखक, विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।

 

अन्य सम्बन्धित समाचार:  ८ लाख सडकमै फ्याँकेर गाउँपालिकाका अध्यक्ष फरार