अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४५ ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौं। कतार एयरवेजद्वारा दोहाबाट काठमाडौं आएका एक जना ३४५ ग्राम सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर उपमहानगरपालिका १३ का सुवास गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ।

विमानस्थलमा खटिएका प्रहरीले जाँच गर्दा डाइपरको बटमभित्र लुकाएर ल्याएको उक्त सुनसहित गुरुङलाई पक्राउ गरिएकाे हो।

यस्तै सुन बुझ्न आएका तनहुँ व्यास नगरपालिका ९ का ३१ वर्षीय टकबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।