अब एउटा डिभाइसबाट एक पटक मात्रै लाइसेन्सको आवेदन दिन पाइने

काठमाडौं। सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) का लागि अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने भएको छ। अनलाइन आवेदनमा बिचौलियाको बिगबिगीलाई अन्त्य गर्न यातायात व्यवस्था विभागले नयाँ व्यवस्था ल्याएकाे हाे।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने हुँदा साधारण सेवाग्राहीले अनलाइन आवेदन दिने प्रयास गर्दा समस्या आएको भन्दै विभागले नयाँ व्यवस्था ल्याएकाे हाे।

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ। यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ।

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरिसकेको छ । यो हुँदा अहिले एक दिनमा जतिले पनि आवेदन दिन पाउनेछन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका विभिन्न ठाउँमा आज पनि विद्युत अवरुद्ध हुने

यी दुवै कार्यको सुरुवात गर्नुको उद्देश्य सेवाग्राहीलाई सहजता र बिचौलियाको सक्रियतालाई कम गर्नु रहेको विभागका सूचना अधिकारी लाेकनाथ भुसालले बताए।