ग्याँस पाइपलाइन विस्फोट हुँदा ८ जना घाइते, ३ बेपत्ता

काठमाडौं। उत्तरी पूर्वी चीनमा ग्याँस पाइपलाइनमा विस्फोट हुँदा ३ जना बेपत्ता भएका छन्  भने ८ जना घाइते भएका छन्। सोमबार चीनको पोर्ट सिटी डालियानमा विस्फोट भएको जनाइएको छ। चिनियाँ स्थानीय समय अनुसार बिहान ६ बजे उक्त ग्याँस पाइपलाइन विस्फोट भएको हो।

चिनिँया सञ्चारमाध्यमका अनुसार विस्फोटनमा झ्याल फुट्दा आठ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको छ। विस्फोटको कारण ग्यास पाइप लिक भएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको चिनिँया सञ्चारमाध्यमले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  सडक दुर्घटनामा १३ आप्रवासीको मृत्यु