छिमेकीको ढुंगा प्रहारबाट एक जनाको मृत्यु 

माेटरसाइकल

दाङ। छिमेकीले ढुंगा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। छिमेकीको ढुंगा प्रहारबाट घोराही उपमहानगरपालिका–१३ लाते बस्ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको  हो।

आपसी विवादमा सोही ठाउँ बस्ने २० वर्षीय खिमबहादुर पुनले ढुङ्गा प्रहार गर्दा रामुको टाउकोमा लागि घटनास्थलमै मृत्यु भएको जनाइएको छ। 

हत्या गरी पुन फरार भएका छन्। प्रहरीका अनुसार उनको खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान भइरहेको छ। 

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय