नागरिक आन्दोलनमा बेहोस भएका जैशीको टिचिङ अस्पतालमा उपचार हुँदै

नागरिक आन्दोलन

काठमाडौं। नागरिक आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपबाट सहभागीमध्येका एक निर्घ जैशी गम्भीर घाइते भएका छन्। उनको टिचिङ अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रतिनिधि सभा विघटनविरूद्ध सोमबार नागरिक आन्दोलनले बालुवाटारमा गरेको ‘मार्च पास’को क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट जैशीसहित कुमार बर्तौला‚ संघर्ष दाहाल‚ दिनेश रावललगायतका घाइते भएका थिए।

नागरिक आन्दोलनले घाइतेहरूको नामावली संकलन गरिरहेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  यात्रु बोकेको ट्याम्पुमा एक्कासी आगलागी