काठमाडौं। पीएम कप अन्तर्गत एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराउँदै समूह विजेता बनेको छ।
जितका लागि २ सय ४१ रनको लक्ष्य पाएको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३४ रन मात्र बनाउन सक्यो। आर्मीका अनिल मण्डलले ४५, राजेश पुलामीले ३३ र राेहित पाैडेलले ३० रन बनाए।
बलिङतर्फ एपीएफका कमल ऐरीले ३, भुवन कार्कीले २ तथा अविनाश बाेहराले १ विकेट लिए।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनायो। एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, कप्तान शरद भेषवाकरले २४, वसन्त रेग्मीले २० तथा अमर सिंह रौटेलाले २६ रन बनाए।
बलिङतर्फ आर्मीका हरि चौहानले ५, साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १-१ विकेट लिए।
समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।